समाज

तीनतल्ला घरबाट खसेर एक बालकको मृत्यु

फाइल तस्बिर

तीन तल्लामाथि खेलिरहेको अवस्थामा त्यहाँबाट खसेर एक वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मिथिला नगरपालिका ६  ढल्केवर  बस्ने रामकुमार सिंहका १ वर्षीया छोरा आरभु कुमार रहेको छ।

सोमबार साँझको समयमा घरमाथि खेल्दै गरेका बालक रेलिङ्गबाट बाहिरएपछि खसेर गम्भीर घाइते भएका थिए। घाइतेभएपछि उपचारकोलागी प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएपनि उपचारकै क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।

मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको र घटना विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७९ ०३:३३ मंगलबार

तीनतल्ला घरबाट खसेर एक बालकको मृत्यु सोमबार साँझ