समाज

काठमाडौँ महानगरले न्युरोडको सुरज आर्केडका अनधिकृत पसल भत्काउने

अनधिकृत पसल भत्काउन काठमाडौँ महानगरपालिकाको टोली पुगेपछि न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्टमा रहेका पसलका सामानहरु  हटाउन थालिएको छ।

नगर प्रहरीले सामान हटाउन समय दिएपछि अहिले व्यापारीहरुले धमाधम पसलका सामानहरु बाहिर निकालिरहेका छन्।

आर्केडमा बनाएको अनधीकृत संरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ।

प्रकाशित: १३ भाद्र २०७९ ०५:५६ सोमबार

काठमाडौँ महानगरपालिका