समाज

रुखबाट लडेर एक युवकको मृत्यु

फाइल तस्बिर

रुखबाट लडेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका २८ बर्षिय एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा साविक नाङखोल्याङ्–२ का पुष्प बर्देवाका २८ बर्षिय छोरा खेमराज बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले जानकारी दिए।

अरिङगाल झार्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ। घटनाको अनुसन्धान जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ ।  

प्रकाशित: १३ भाद्र २०७९ ०३:०६ सोमबार

रुखबाट लडेर एक युवकको ज्यान गयो ताप्लेजुङको पाथीभरा