समाज

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मदन भण्डारी लोकमार्गको गाईघाट–बेलटार खण्डमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ।

इटहरीबाट कटारीतर्फ जाँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय चालक अभिशेक खड्काको घट्नास्थलमै ज्यान गएको हो। कटारी नगरपालिका ४ कटारीका स्थायी बासिन्दा खड्का श्रीमतिसहित इटहरी गएर घर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

चौदण्डीगढी नगरपालिका ९ स्थित खैराहा झोडाको घुम्ती मोडमा आफै अभियन्त्रित भइ सडक किनारको रेलिङ पोलमा ठोक्किन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यान्ह १२ः०० बजे भएको दुर्घटनामा परी खड्काकी पत्नी २० वर्षीया संगीता बस्नेत खड्का सामान्य घाइते भएकी छिन्।

उनको जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी इनसपेक्टर मोहन थापाले बताए। मृतकको शव उदयपुर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा दिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए। घट्नाबारे थप अनुसन्धान भइरहेको फुयालको भनाइ छ।

प्रकाशित: ११ भाद्र २०७९ १५:४३ शनिबार

मदन भण्डारी लोकमार्गको गाईघाट–बेलटार खण्ड