समाज

अपरिचित समुहद्धारा गोली हानी एक व्यक्तिकाे हत्या

कपिलवस्तुको मायादेबी गाउपालकिा- ५ महादेव गाउँमा अपरिचित समुहले गोली हानी  एक जनाको हत्या गरेको छ।  

मायादेवी गाँउपालकिा वडा नं. ६ मदरहवाका घुरहु भन्ने ५५ वर्षयि राम समुझ पासी लाई गोली हानी हत्या गरिएको हो। महादेवका गाउको कोहि नभएको खालीमा रहेको अवस्थमा उनालाई दिउसाे गाली हानिएको प्रहरी नायब उपरिक्षक जेशी शाहले बताए। बाया तघ्रिामा गाली लागेर अत्यधकि रक्तश्रावले अचेत बनेका उनलाई तत्कालै उपचारकोलाग कपिलवस्तु अस्पताल लगिएकाे थियाे। अस्पतालमा उनलाई डाक्टरले मृत घोषणा गरेका हुन्। 

घुरहुको बाया तिघ्रामा लागेका गोली छडेर बाहिर गएको तौलिहवा अस्पतालमा मेसु डाक्टर किशाेर बन्जाडेले बताए। अत्यधिक रक्तश्रावले घुरहूको मृत्यु भएको हुन सक्ने बन्जाडेले बताए। घटना लगत्तै प्रहरी उपरिक्षक प्रेम बस्नेत सहितको टोली घटना स्थल पुगेर अनुसंधान थालेको छ। प्रहरी उपरिक्षक बस्नेतले घटनको अनुसंधान र गोली हान्ने व्यक्ति  खोजी कार्य जारी रहेको बताए। घटनास्थलबाट भारतीय सिमानाका नजिक छ। गोली किन कस्ले हान्यो त्यसको अझै यकिन नभएको बस्नेतले बताए। मृतको शवलाई कपलिवस्तु अस्पतालमा राखिएकाे छ।

प्रकाशित: १० भाद्र २०७९ १२:४६ शुक्रबार

इन्सेक कपिलवस्तु सहजकर्ता मायादेवी गाँउपालकिा वडा नं. ६