समाज

भीरबाट लडेर उदयपुरमा एक पुरुषको मृत्यु

उदयपुरका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ। दोकानको सामान घर नजिकैको गोदाममा राखेर बुधबार राति ९ः०० बजे फर्कने क्रममा लडेर जिल्लाको कटारी नगरपालिका १० सोताका ६० वर्षीय फौदबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

रातिको समय भएकाले गोदामबाट घर फर्कने क्रममा बाटोबाट खसेर झण्डै २ सय मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ। घटनाबारे जानकारी आएलगत्तै इप्रका कटारीका प्रमुख डिएसपी कमाण्डमा टोली घटनास्थल पुग्दा श्रेष्ठको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

टोलीले घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याएको छ। घटनाबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी सूचना अधिकारी राकेशकुमार पोद्धारले बताएका छन्।

प्रकाशित: ९ भाद्र २०७९ १४:१५ बिहीबार

कटारी नगरपालिका इलाका प्रहरी कार्यालय कटारी जिल्ला प्रहरी सूचना अधिकारी