समाज

घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा आगजनी

फाइल तस्बिर

दाङमा एक टिपरमा आगजनी भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो।

बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक चार-पाँच जनाको समूहले आगजनी गरि भागेको प्रहरीले जनाएको छ। आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ।

आगजनी कसले गर्‍यो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ७ भाद्र २०७९ ०१:५४ मंगलबार

बबई खोला दाङ