समाज

कैलालीकाे दुई ठाउँमा शंस्कापद वस्तु फेला

फाइल तस्बिर

कैलालीकाे दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन्। कपडामा बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो।  

गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीले जनाएको छ।

आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन्।

प्रकाशित: ७ भाद्र २०७९ ०१:४५ मंगलबार

कैलाली