समाज

बालयौन दुरुपयोगको आरोप लागेका फरार प्रतिवादी पक्राउ

भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँंच हजार जरिवाना र ३ महिना कैद फैसला भई फरार रहेका एक जना प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। 

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ किवाचोक बस्ने बर्ष ५१ को हरिकृष्ण कोजुलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

उनलाई जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुचोकबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। उनलाई सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ।

प्रकाशित: ६ भाद्र २०७९ १५:१५ सोमबार