समाज

कुलोमा पानी लगाउने विषयमा झडप हुँदा एक जनाको मृत्यु

कुलाको पानी खेतमा लगाउने विषमया दुई परिवारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। कपिलवस्तु महाराजगन्ज नगरपालिका २ पडरीयास्थित सिंचाइ गर्ने कुलोको विषयलाई लिएर विवाद पछि झडप हुँदा एक जनाको स्थानीयको मृत्यु भएको हो।

कुलोमा पानी लाउने विषयमा विवादपछि अब्दुल हक मुसलमान र निजको छोरा वर्ष २० को सम्साद मुसलमानले स्थानीय ६८ वर्षीय जब्बार धुनिया र ३८ वर्षीय अब्दुल रहमानलाई कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका धुनियाको कपिलवस्तु अस्पताल तौलिहवा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए। कुटपिट गर्ने बाबु छोरा प्रहरीको नियन्त्रणमा रहेको उक्त घटनाको अनुसन्धान कार्य जारी रहेको शाहले बताए।

प्रकाशित: ६ भाद्र २०७९ १२:३५ सोमबार

कपिलवस्तु महाराजगन्ज नगरपालिका