समाज

नर्भिक अस्पतालको पेसी ढिलो भएको भन्दै सर्वोच्चलाई बालेनको व्यंग्य

काठमाडाैँ महानगरकापालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालतले नर्भिक अस्पतालको मुद्दाकाे पेसी ढिलो गरेको भन्दै सामाजिक सञ्जालमार्फत् व्यंग्य गरेका छन्।

उनले 'अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि’ भन्दै आफूलाई सो पेसी कुर्दा कुर्दै बुढो भएको देखाउँदै आफ्नो आधिकारीक फेसबुक पेजमार्फत् सर्वोच्च अदालतलाई व्यंग्य गरेका हुन्।

यसअघि सर्वोच्चले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको आदेशप्रति मेयर शाहले असन्तुष्टि जनाएका थिए।

महानगरपालिकाले गत साउन २३ गते २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने २४ गते मेयर शाह आफैं नर्भिक अस्पताल पुगेका थिए। त्यसपछि अस्पताल र काठमाडौँ महानगरका प्राविधिकबीच तोकेको समयमा संरचना भत्काउने सहमति भएको थियो।

प्रकाशित: ६ भाद्र २०७९ १०:२८ सोमबार

थापाथलीस्थित नर्भिक अस्पताल काठमाडाैँ महानगरकापालिकाका मेयर बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालतले नर्भिक अस्पतालको मुद्दा