समाज

सर्पले डस्दा महिलाको मृत्यु

फाइल तस्बिर।

कपिलवस्तु नगरपालिका– १० बकुलीमा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। ५० वर्षीया पुष्पा अधिकारीलाई आफ्नै खेतमा घाँस काट्ने क्रममा जात नखुलेको सर्पले अचानक दाहिने खुट्टामा डसेको थियो। घाईते भई उपचारको लागी सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएको थियो। उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक जेशी शाहले बताए।  

 सुराई खोलमा डुबेर बालकको मृत्यु 

कपिलवस्तुको शिवराज नगरपालिका– २ सुरई खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।स्थानीय जमाने नेपालीको छोरा वर्ष १४ को अंशु नेपालीको खोलामा डुबेर मृत्यु भएको हो। अंशु दिउँसो स्थानीय सुराई खोलामा नुहाउने क्रममा अचानक डुब्दा अचेत भएका थिए। नेपालीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक जेशी शाहले बताए।

प्रकाशित: ५ भाद्र २०७९ १२:०० आइतबार

सर्पले डस्दा एक महिलाको मृत्यु