समाज

खोलामा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। कपिलवस्तु स्थित शिवराज नगरपालिका २ हल्लानगर बस्ने १४ वर्षीय अंशु नेपालीको सोही ठाउँस्थित सुराई खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो।  

डुबेरअशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ५ भाद्र २०७९ १०:३५ आइतबार

खोलामा डुबेर एक बालकको मृत्यु