समाज

नाै जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका मनमैजुमा घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले  पक्राउ गरेकाे छ।

मनमैजु १६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्त सहित ९ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हाे।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रूपैयाँ र ८ बुक तास सहितपक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ५ भाद्र २०७९ १०:०४ आइतबार

जुवाडे पक्राउ जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ