समाज

बैतडी कारागारका १६ कैदीमा कोरोना पुष्टि

बैतडी कारगारमा रहेका १६ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि बुधबार पिसीआर परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको थियो।

बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको कारगारका जेलर धारा भण्डारीले बताइन्। कोरोना संक्रमण देखिएका १६ जना कैदीबन्दीलाई अलगै कोठामा राखिएका जेलर भण्डारीले बताइन्। कारागार भित्र ठाउँको अभावमा व्यवस्थापन गर्न समस्या रहेको छ।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेका छन्। कोरोनाबाट बच्नका लागि भौतिक दुरी कायम गर्नुपर्ने भए पनि कारागारमा भने कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रहेको छ। कोरोना भेटिएपछि कैदीबन्दीलाई भेट्न रोक लगाइएको कारगारले जनाएको छ।

बैतडीमा समुदायस्तरमै कोरोना फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। केही दिनअघि भारतबाट आउनेहरुमा कोरोना देखिने गरेको थियो। अहिले भने समुदायबाट चेक जाँचका लागि आउनेमै कोरोना देखिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए।

प्रकाशित: २ भाद्र २०७९ १३:२४ बिहीबार

बैतडी कारगार कोरोना भाइरसको संक्रमण पुष्टि