समाज

बञ्चरेडाँडा फोहोर विवादको टुंगो लगाउन तीन जिल्लाका सिडिओबीच छलफल जारी

फोहोर व्यवस्थापनमा देखिएको विवादका विषयमा नुवाकोटको ककनीमा तीन जिल्लाका सिडिओ र जनप्रतिनिधिहरुबीच छलफल चलिरहेको छ।

छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, काठमाडौँ प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल,काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयहरू सहभागी छन्।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार हाल छलफल चलिरहेको छ। उनले छलफल सकिएपछि मात्र निष्कर्षमा पुग्ने बताए।

प्रकाशित: १ भाद्र २०७९ १२:१४ बुधबार

फोहोर व्यवस्थापन नुवाकोटको ककनीमा तीन जिल्लाका सिडिओ र जनप्रतिनिधि