समाज

बञ्चरेडाँडामा आज पनि झडप, एक पक्राउ

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध पुर्‍याएउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार बाटोमा अवरोध पुर्‍याउन कोसिस गरेपछि स्थानीय एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानीयको विरोधको पश्चात पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीको सुरक्षामा फोहोरको गाडी लैजान खोजेपछि पुन:आज पनि झडप भएको थियो।

फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। प्रहरीको सहयोगमा फोहोरका गाडी बञ्चरेडाँडामा पुर्‍याउने काम भइरहेको छ।’

स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहाेर व्यवस्थापन गर्ने तयारी गरेको थियो।  

स्थानीयले निरन्तर अवरोध र लामो समयसम्म उपत्यकामै फोहाेर राख्नु परेकाले प्रहरी प्रशासन परिचालन गरेर फोहाेर व्यवस्थापन गरिएको काठमाडौं महानगरले जनाएको छ।

प्रकाशित: १ भाद्र २०७९ ०९:३९ बुधबार