समाज

निहारिका प्रकरण: आरोपित शिवराज श्रेष्ठ प्रहरी नियन्त्रणमा

निहारिका राजपुत बलात्कार आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो।

धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको भन्दै उनले आरोपी श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी थिइन्।

प्रकाशित: ३१ श्रावण २०७९ १४:५९ मंगलबार