समाज

जन्म उत्सवमा विपन्नलाई स्वास्थ्य बिमा

बिगत लामो सयमदेखि कालिकोटमा काम गर्दै आएका सब इन्जिनियर कम्मरबहादुर बमले निशुल्क स्वास्थ बिमा गराएका छन्। जन्म उत्सवको अवसरमा  अतिविपन्न गरिब परिवारका दुईजनाको बिमा गराएका हुन्।  

नेपाल निजामती कर्मचारी संगठन कालिकोटका सहसचिव समेत रहेका बमले आफ्नो जन्म उत्सवमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका खाँडाचक्र नगरपालिका -३ का धनसिंह पाण्डे र कुश्मा पाण्डेको निशुल्क स्वास्थ्य बिमा गराएका हुन। 

खाँडाचक्र नगरपालिकाका सव इन्जिनियर समेत रहेका बमले मंगलबार पाण्डेलाई नयाँ लुगासहित बिमा गरेर समाजलाई सकरात्मक सन्देशसंगै उदाहरणीय कामको सुरूवात गरेका छन्। बमले भने, 'हामी जन्मदिन होस वा अन्य खुशीका कार्यक्रमहरूमा फर्जुल खर्च गर्ने चलन बढेको छ। यस्ता खर्चलाई सानो भएपनि समानता मुखि समाज निर्माण गर्न यस्तो कामको सुरूवात हाे।' 

अब बिमित धनसिंह पाण्डे र कुश्मा पाण्डे बिरामी हुँदा निशुल्क उपचार पाउने भएका छन। स्वास्थ्य बिमा र कपडा पाउदा धनसिंह पाण्डेले खुःशी व्यक्त गरेका छन्।

प्रकाशित: ३१ श्रावण २०७९ ०७:२५ मंगलबार

निशुल्क स्वास्थ बिमा