समाज

बुटवलका अग्रज पत्रकार वशन्त पोखरेललको निधन

बुटवलका अग्रज पत्रकार वशन्त पोखरेलको निधन भएको छ। ६८ वर्षका पोखरेललको सोमबार राती बुटवलको वेलवास स्थित आफनै निवाशमा निधन भएको हो।  

पोखरेल बुटवलबाट प्रकाशित हुने पत्रीका बुटवल टुडेमा स्थपना कालदेखि सम्पाद थिए भने हाल उनी सो पत्रीकाको सल्लाहकार सम्पादकको भूमिकामा थिए। पोखरेलका श्रीमती,दुइ छोरा र एक छोरी छन। उनी पत्रकार महासंघ रुपन्देहीका पुर्व उपाध्यक्ष पनि हुन।  

पत्रकार पोखरेलको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षती पुगेको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए। उनको आजै बुटवल स्थित मगरघाटमा अन्तिम संस्कार गरीदैछ।

प्रकाशित: ३१ श्रावण २०७९ ०६:५१ मंगलबार

वशन्त पोखरेल