समाज

ढोकाले च्यापेर बालिकाको मृत्यु

 भक्तपुरको  मध्यपुर थिमि नगरपालिका. वडा नं. १ लोकन्थली रमाईलो चोकस्थित तिलकप्रसाद गौतमको साढे दुई तल्ले घरको कम्पाउण्डमा रहेको फलामे गेट सोमबार अचानक पल्टदा एक जना बालिकाको मृत्यु भएको छ।  

सोही घरमा पाहुना आएकी नुवाकोट बिदुर नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालको छोरी वर्ष ५ की श्रीसिजा अर्यालको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार गेटको ढोकाले किच्दा बालिका गम्भीर घाइते भएकी थिइन्। पछि उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगेकोमा उपचारको क्रममा साँंझ मृत्यु भएको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए। घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको उनले जनाए। 

प्रकाशित: ३० श्रावण २०७९ १५:३७ सोमबार