समाज

खाल्डोमा डुबेर नाबालकको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा रहेको खाल्डोमा डुबेर एक नाबालकको मृत्यु भएको छ।  

भारतको देवरिया घर भई अभिभावकसँग गोकुवामा डेरामा बस्दै आएका ६ वर्षीय अंकित रामको खाल्डोमा डुबेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। घर नजिकै नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसिबीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो। मृतक आइतबार साँझदेखि हराएका थिए।  

नाबालक बेपत्ता भएपछि आफन्त र अभिभावकले प्रहरीको सहयोगमा रातभर खोजी गरे पनि फेला परेका थिएन। कोसी अस्पतालमा शवको पोस्टमार्टम भएको र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७९ ११:५३ सोमबार

नाबालकको मृत्यु