समाज

डोजर ड्राइभरले पुर्दैछन् रुकुमपश्चिमको ‘स्यार्पू ताल’ (तस्बिर सहित)

तस्बिर : स्यार्पू ताल

आहा ! रुकुमपश्चिमको स्यापू ताल। नाङ्गो आखाले हेर्दै निलो र कञ्चनजल। वारिपरी रहेका अग्ला पहाडको छाँया प्रष्ट देख्न सकिने सुन्दर दृश्य। तालले जो कसैलाई सजिलै लोभ्याउछ। बाँफिकोट गाउँपालिका वडा नं. ३ र ४ मा पर्नेे यो तालको सुन्दरताको वयान शब्दमा गर्न कठिन पर्छ।  

यति सुन्दर ताल घुमघामका लागिआउने पर्यटकको संख्या अपेक्षाकृत बढ्न सकेको छैन। अरु नै विभिन्न कामले जिल्लापुग्नेहरु तालसम्म पुग्ने गरेकाे भएपनि यदाकदा बाहिरी जिल्लाबाट स्यार्पूको स्वादलिन आउनेहरु पनि भेटिन्छन्। अहिलेसम्म आन्तरीक पर्यटकको भरमा रहेको स्यार्पू बाह्य पर्यटकको पखाइमा छ।

स्यार्पू तालपुगेपछि डुङ्गा चढेर घण्टौ तालमा रमाउन सकिन्छ भने छेउका होटलहरुमा तालमै पाइने माछाको स्वादपनि लिन सकिन्छ। नजिकबाट तालको सर्वाङ्ग एकै नजरमा नियाल्न गाह्रो पर्छ। त्यसैले पनिताल हेर्नका लागि भ्यु टावरको निर्माण गरिएको छ। त्यहाँबाट तालको पुरा भाग देख्न सकिन्छ।

पहाडबाट झरेको कञ्चनपानी जम्मा भएर बनेको यो तालको अधिकारिक गहिराई र क्षेत्रफल मापन गरिएको छैन। प्राकृतीक यो तालका बारेमा लेख्य ईतिहास समेत पाईएको छैन। ताल घुम्नका लागि साउन देखि असोज अन्तिम सातासम्मको समय सबैभन्दाउपयुक्त मानिन्छ।  

संकटमा स्यार्पू

कर्णाली प्रदेशका ठूला तालहरु मध्येको एक रुकुमपश्चिमको स्यार्पू ताल पछिल्लो समय संकटमा रहेको बिज्ञहरुले बताउन थालेका छन्। दुर्गम बाँफिकोट गाउँपालिकामा पर्ने यो तालको उचित सम्भारमा कसैले ध्यानदिन सकेको पाइदैन। तालको चारैतिर विकास भन्दै जबरजस्त खनिएका सडक र त्यसबाट निस्कीएको माटोले ताललाई छोप्दै ल्याएको छ।  

 

वातावरणिय परिक्षण मुल्यांकन बिना डोजर अप्रेटरको तजबिजमा खनिएका सडकले प्राकृतीक सम्पदा जोखिममा परेको हो। स्थानीय सरकार, कार्यकर्ता र प्राबिधिकलाई बिल पास गर्ने धुन अनि जनप्रतिनिधिलाई चुनाबमा भोटको हिसाबकिताब भन्दा बढि केहि कुराको मतलब नहुनुको परिणाम स्यार्पूले भोग्दैछ।

‘यहि गतिमा गयो भने हामिले अबको ३०-४० वर्षमा स्यार्पू पाउदैनौ। पहिरो भुक्षय रोक्नुपर्छ। यतिबेला स्यार्पू कृतिम अतिक्रमणको चपेटामा छ।’ भु-तथाजलाधार व्यवस्थापन कार्यालय रोल्पाका प्रमुख रोबर्ट महरा भन्छन् ‘प्रारम्भिक वातावरणिय परिक्षण नगरेर विकास गर्नुको परिणाम स्यार्पूले भोग्दैछ ।’

यति सुन्दर तालको वरपर विकासका नाममा सडक खनिएको भएपनि भुक्षय र पहिरो रोकथामकालागि कोहि कसैले बृक्षारोपण समेत गर्ने गरेका छैनन्। वातावरणिय परिक्षण नगरेर खनिएका सडकले दीर्घकालिन रुपमा पार्ने प्रभाबका बारेमा कतै चासो भएको देखिदैन।  

तीनै तहका सरकारले बनाउने पर्यटन सम्बन्धी कार्यक्रम र योजनामापनि यो ताल प्राथमिकतामा परेको छैन। प्राकृतिक सुन्दरताले भरिएको यस तालको प्रचार प्रसारका लागि स्थानीय सरकारको सक्रियता आवश्यक छ। साविक मध्यपश्चिमाञ्चल क्षेत्रको सबभन्दा ठुलो तालका रुपमा रहेको यस स्थानमा पर्यटकलाई पुर्‍याउन र पर्यटन व्यवसायलाई बढाउन स्थानीय सरकारको प्रयास प्रयाप्त छैन ।

तालका बारेमा प्रचारप्रसार नहुँदा पर्यटकको रोजाइमा कम पर्ने गरेको छ। तीन तहका सरकारले पनि यसलाई आफ्ना कार्यक्रममा समेटेका छैनन्। ताल सुन्दर भएपनि तालसम्मपुग्ने सडक र बास बस्नका लागि होटेलहरुको व्यवस्थापन प्रभावकारी छैन।

पछिल्लो समय स्थानियतहले ताल संरक्षणमा चासो दिएको छ। ‘बाटोलाई यथाबत राखेर पैदलमार्ग बनाउने सोच बनाएका छौ। ताल वरपर ब्यापक बृक्षारोपणको तयारीमा छौ।’ बाफिकोट गाउँपालिकाका अध्यक्ष जेके बाठाले भने ‘गुरु योजना बनाएर अगाडी बढ्छौ। ताललाई पर्यटकिय क्षेत्रका रुपमा बिस्तार गर्छौ। बृहत छलफल गरेर यसको संरक्षणमा लगानी लगाउछौ।’

ठोस योजनाको आवश्यकता

तालका बारेमा आवश्यक ठोस योजनाको अभावमा अहिले पनि धेरैलाई स्यार्पू तालका बारेमा जानकारी छैन । पर्यटनको गतिलो सम्भावना भएपनि यहाँको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरु मौन वस्दा स्यार्पू गुमनाम छ। सामान्य केही गतिविधि गरेर प्रचारप्रसारको प्रयास गरिए पनि ठोस योजना बनेको छैन्।  

वर्षेनि विभिन्न शिर्षकमा प्रदेश तथा संघ सरकारबाट बजेट आइरहेको छ। स्थानीय तहको पनि केहि बजेट तालमा जान्छ तर योजनामा नभएका कारण रकम तालको पानीमै बिलाउछ। संरक्षणका नाममा ठूलै रकम खर्च हुँदापनि ठोस काम भने भएको देखिदैन्। झनै संरक्षणका नाममा भएका अव्यवहारीक हर्कतले तालको अस्तित्वलाई जोखिममा पारेको छ।  

कसरी पुग्ने ?

स्यार्पूताल पुग्नकालागि सदरमुकाम मुसिकोटबाट अलगअलग सडकको प्रयोग गर्न सकिन्छ। पैदल हिडेर पनितालमा पुग्न सकिन्छ। सदरमुकामबाट करिब २० किलोमिटर दुरी पार गरेपछि स्यार्पू पुग्न सकिन्छ। सदरमुकाम मुसीकोट खलंगाबाट नियमित दैनिक बाँफिकोटका लागि साना सवारी साधन चल्छन्। अर्थात तालसम्मै यातायातको पहुँच छ। मुसीकोटबाट गाडीमा करिब दुई घण्टामा स्यार्पू पुग्दा पैदल भने करिब चार घण्टा बढी समय लाग्छ। सदरमुकाम सम्म हवाई सुबिधाभएका कारण उक्तमार्ग प्रयोग गर्न समेत सकिन्छ।

प्रकाशित: ३० श्रावण २०७९ ०५:४७ सोमबार

रुकुमपश्चिमको स्यापू ताल रुकुमपश्चिम स्यार्पू ताल