समाज

जलविद्युतको ड्याममा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

शिवानी हाइड्रोपावरले निर्माण गरेको ड्याममा पौडी खेल्ने क्रममा ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा याङवरक गाउँपालिका ४ डुम्रिसेका २१ वर्षीय रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए।

मृतक स्थानीय बलबहादुर तामाङका छोरा रहेका छन्। शव अहिले घटनास्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गर्नका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको बताइएको छ।

प्रकाशित: २७ श्रावण २०७९ ०४:१८ शुक्रबार

शिवानी हाइड्रोपावर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका