समाज

देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २७ श्रावण २०७९ ००:५५ शुक्रबार

आजको मौसम जल तथा मौसम पूर्वानुमान महाशाखा