समाज

झापामा थपिए करिब २५ हजार नयाँ मतदाता

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनमा ६ लाख ३ हजार ६ सय ५५ मतदाताले मतदान गर्ने भएका छन्। स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाता २४ हजार नौ सय ९२ सहित सो संख्याले मतदान गर्ने कार्यालयले जनाएको हो।

नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र १२ हजार आठ सय २३ महिला रहेका निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए। उनले हाल निर्वाचन आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्ने कार्य सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक गरी संख्या एकीन गरिने बताए।

पन्ध्र पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले हालै दुई सय ८५ वटा मतदानस्थल निर्वाचन कार्यालयलाई सिफारिस गरेको छ। समितिले सिफारिस गरेकै स्थललाई आधार मानेर स्थल तय गरे पनि मतदान केन्द्र भने अद्यावधिक पछि आएको मतदाताको संख्यालाई आधार मानरे मात्र तय गरिने उनको भनाइ छ।

प्रकाशित: २६ श्रावण २०७९ ११:०२ बिहीबार

जिल्ला निर्वाचन कार्यालय झापा मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचन