समाज

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको  एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा  एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ। एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७९ ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App