समाज

बढदै पुरुष हिंसा

पुरुषले महिलालाई कुटपीट गरेको खान लाउन नदिएको घरमा बस्न नदिएका भन्दै प्रहरीमा अत्यधिक उजुरी पर्ने गर्छन्। तर महिलाले नै पुरुषलाई खान लाउन नदिएको, सुत्न नदिएको माईत गएपछि नफर्केको लगायतका उजुरी भने कमै पर्ने गर्छन्।

बिरामी पर्दा पत्नीले कुनै वास्ता नगरेको, वैदेशिक रोजगारीमा रहेको बेला श्रीमतीले सबै पैसा उडाएको लगायतका ठाडो उजुरी केही वर्ष यता प्रहरीमा पर्ने गरेका छन्। घरेलु हिंसामा महिलाहरु मात्र पीडित बनेको कुराहरु बाहिर आईरहेको बेला जिल्लामा भने पुरुषहरु समेत त्यसबाट पीडित बनेको कुरा सार्वजनिक भएकाे छ। जिल्लामा पुरुष हिंसा समेत बढदै गएको प्रहरी कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा ३८ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता भएका छन। आर्थिक वर्ष २०७०/०७१ देखि पुरुष हिंसाको रकर्ड समेत राख्न थालेको हो। त्यस यता वर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसा सम्बन्धी उजुरी पर्ने गरेकोमा गत आर्थिक वर्ष भने ३८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरक्षिक शैलेश्वरी बोहोराले बताइन्। श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेका छन। 

पहिले गाउँघरमै गुपचुपमा मिलाइने महिला पीडित पुरुष हिंसाका उजुरी गर्न पुरुषहरू आफै प्रहरीकहाँ पुग्ने गरेका छन्। उनीहरूले आफू महिलाबाट पीडित भएको भन्दै न्याय पाउने आशाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा उजुरी दर्ता गर्ने गरेका छन्। यसअघि उजुरी गर्न पुरुषहरू प्रहरीकोमा खासै आउने गरेका थिएनन्। त्यसकारण प्रहरीकमा रेकर्ड पनि राख्ने चलन थिएन।  महिलाहरू जस्तै पुरुष पनि उजुरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको महिला तथा बालबालिका सेल प्रमुख बोहोराले बताइन्। ‘समय परिस्थिति अवस्था फेरिँदै जाँदा नया समस्या आएको भन्दै दुबै पक्षलाई मिलाएर पठाउने गरिएको छ,।’ उनले भनिन् ‘धेरै पुरुष वास्तविक रूपमा पीडित भेटिएका छन्।' ‘दुबै पक्ष राखेर छलफल गर्दा समस्या पत्ता लाग्छ, त्यसपछि कसरी समाधान गर्ने भनेर निक्यौल निकाल्छौं ’उनले भनिन्। ‘ हिंसा प्रभावित धेरै पुरुषका समस्या समाधान भएका छन्।

पुरुषहरुले आफ्नो श्रीमती माईत गएपछि नफर्केको, लिन जाँदा झैझडा गरेको, वैदेशिक रोजगार गएको बेला पठाएको पैसा हिनामिना गरको भन्ने धेरै उजुरी पर्ने गरेका छन्। खासगरी उजुरीमा खान लाउन नदिएको, कुटपिट गर्दै दुर्व्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेका छन्। त्यस्तै घरमा नबस्ने, घर व्यवहार नगर्ने, यातना दिने, विलासी रहनसहन, मंहगो लत्ताकपडा र गरगहना मागेर निउ खोजेर दुःख दिने गरेको उजुरी गर्न आउने बढेका छन्। ‘ सबैलाई सम्झाई बुझाई पठायौं ’ महिला सेल प्रमुख प्रहरी निरिक्षक बोहाराले भनिन्, ‘ त्यसपछि फेरी समस्या भयो भन्दै पुरुषहरू आएका छैनन्। ‘ प्रहरीले घरेलु हिंसा प्रभावित महिलालाई विशेष महत्व दिई काम गर्दै आएका थियौं जिल्ला प्रहरी नायब उपरिक्षक जेशी शाहले भने, 'अब हिंसा पिडित पुरुषका लागि प्राथमिकतामा राख्न थालेका छाैं।,' घर विग्रियो भने परिवार विग्रने हुँदा समाज बसालेर छलफल गर्छाैं नभए मात्र अदालत सम्म पठाउने गरेको शाले बताए।' 

प्रहरीले पुरुष हिंसालाई अन्य हिंसाकारूपमा रेकर्डमा राखेर अनुसन्धान तहकिकात गर्ने गरेको छ। महिला सेल कपिलवस्तुका अनुसार गत आर्थिक वर्ष ३ सय ६३ घरेलु हिंसामा परेको उजुरी मध्ये २ सय ४३ वटामा मेलमिलाप गरी टुंगाइएको थियो।

प्रकाशित: २५ श्रावण २०७९ ०५:१७ बुधबार

पुरुष हिंसा बढदै पुरुष हिंसा