समाज

जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ

बागलुङको निसीखोला गाउँपालिका-४ बाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ।

निसीखोला गाउँपालिका-४ कानावगर बस्ने २९ वर्षीय लिल बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले घर्ती लगायत ७ जनालाई आइतबार दिउसो पक्राउ गरेको हो।

प्रहरीले उनीहरु बाट ६७ हजार ४ सय ३० रुपैयाँ नगद सहित ८ थान मोबाईल र ३ बुक तास बरामद गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: २३ श्रावण २०७९ १३:२४ सोमबार

बागलुङको निसीखोला गाउँपालिका लिल बहादुर घर्ती