समाज

सिक्री लुटपाट गरी भाग्ने पक्राउ

सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीको एक युवकलाई पक्राउ गरेको छ। 

धरान उपमहानगरपालिका-८ घर भई काठमाडाैंको माछापोखरी बस्दै आएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

नुवाकोट घर भई काठमाडौंको माछापोखरी बस्दै आएकी ५९ वर्षीया महिलाको घाटीमा रहेको सुनको सिक्री तानी भागेका सेन्चुरीलाई चोरी सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७९ १३:१६ सोमबार

प्रहरी माछापोखरी