समाज

ब्राउनसुगरसहित पक्राउ २ युवामाथि म्याद थपेर अनुसन्धान सुरु

सातादिनअघि ब्राउनसुगरसहित पक्राउ परेका उदयपुरका २ युवामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान थालिएको छ। उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका ६ को लालपत्ताबाट गत १४ गते राति पक्राउ परेका त्रियुगा नगरपालिका त्रियुगा ४ बगाहाका फडिन्द्र घिमिरे र सन्देश कार्कीमाथि प्रहरीले म्याद थपेर थप अनुसन्धान सुरु गरेको हो।  

गाईघाट–लाहान सडक खण्डको कदमाहाबाट गाईघाटतर्फ आईरहेको प्र १–०५–००१ प ५९६७ नंं को स्कुृटीमा सवार ३० वर्षीय कार्की र ३१ वर्षीय घिमिरे राति ७ः३० बजे ब्राउनसुगरसहित पक्राउ परेका थिए। संकास्पद लागेर लालपत्ता प्रहरी चौकीबाट खटेको टोलीले खानतलासी लिँदा उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर फेला परेपछि स्कुटीसहित नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो।  

अनुसन्धानको दायरा फराकिलो पार्नका लागि म्याद थपेर अघि बढेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष आचार्यले बताए। उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन अनुसार कारबाही गर्ने तयारी भईरहेको आचार्यले बताएका छन्।

प्रकाशित: २२ श्रावण २०७९ १४:१३ आइतबार