समाज

सद्भाव छर्दै मुर्हरम

मुस्लिम समुदायको महान पर्व केही बर्षयता हिन्दु समुदायले पनि मनाउन थालेपछि मुर्हरम सदभावको पर्व बन्दै गएको छ।

तराईमूलका हिन्दु थारु समुदायमा समेत यो पर्व मनाउन थाले पनि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा पनि बढ्न थालका छन्। हिन्दुहरुले समेत यो पर्व मनाउन थालेपछि मुहर्रम धार्मिक सद्भावको पर्व बन्दै गएको हो।  हिन्दुहरुले समेत मनाउन थालेपछि यो धार्मिक सद्भाव पर्वको रुपमा विकसित हुँदै गएको हो। 

तराईका हिन्दु र मुस्लिम समुदायले एकसाथ मनाउने गर्दछन्। तराईका हिन्दु, मधेसी, थारुहरुले समेत यो पर्व धुमधामले मनाउन थालेपछि  छुट्टै रौनकता नै रौनकता थपिएको छ । भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धि तथा मनोईच्छा पूरा हुने गरेको भक्तजनहरु बताउछन्। साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ। 

मंगलवार मनाईने मुर्हरमका लागि तौलिहवाको मस्जिद टोलमा आएका महराजगंज नगरपालिका– ८ हर्दाैनाका राम सुभग यादवले २ बर्ष अघिदेखि मुर्हरम मनाउन थालेको बताए। ‘ यो पर्व मनाउाले पारिवारिक सुख र मनोकामना पुरा हुने भएकाले आंगालेका हौ  ’, उनले भने। एक हजारको तहजिया किनेका उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको बताए। 

घर बनाएर तहजियाको पूजा गर्ने भाकल पूरा भएपछि मर्हुरम प्रति आफूलाई विश्वास जागेको उनले बताए। मुस्लिम दाजुभाईहरुसंगै यो पर्व मनाउन पाउदा आफुलाई निकै खुशी लागेको उनले खुशी व्यक्त गरे। कपिलवस्तु नगरपालिका– ९  निग्हिवाका नाथु थारु प्रजापतिले बाजेकै पालादेखि मनाउँदै आएकोले आफूले पनि त्यसलाई निरन्तरता दिएको बताए। ‘बाजेकै पाला देखि मुर्हरम मनाउँदै आएका छौँ, मलाई पनि राम्रो लागेकोले  अंगलेको हुँ’, उनले भने। केही बर्ष अघिसम्म मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरुको संख्या बढ्दै गएको छ। यसले धार्मिक सदभाव समेत कायम राख्ने दुवै धर्मगुरुहरुको भनाई छ। अहिले यो पर्वलाई मधेशका हिन्दु समुदायले समेत अंगालेकोले सभाव कायम गर्न यसले निकै मद्दत मिलेको अधिकारकर्मी रबि ठाकुरले बताए। ‘देशमै मुस्लिमहरुको दास्रो ठुलो बाहुल्यता रहेको जिल्लामा दुवै समुदायले सामुहकि रुपमा यो पर्व मनाएकोले एकआपसमा भाईचारा कायम गरेको छ,’ उनले भने।  

आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरुप मनाइने उक्त चाडमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ। ईस्लामिक नयाँ बर्ष हिजरी संवत् शुरु भएपछि यो एक देखि १० तारेखसम्म मनाइने गरिन्छ। घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाईने चलन छ। हिन्दुहरुले घरमा पुर्जा गर्दा ढोल, तासा लगाउयतको बजा बजाउने गर्दछन्। मुस्लिम समुदायले भने मुर्हरमका दिन साहासिक प्रर्दशन गर्ने गछन्। १४ सय बर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफू सहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको संझना स्वरुप मुहर्रम मनाउदै आएको मुस्लिम धर्म गुरुहरु बताउछन्। अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ। ईसलामिक नयाँ बर्ष हिजरी संवत्को एकदेखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउछन्। मोहर्रमको १० औं तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिमा कुरान पाठ गरी बेलुका खिचडी पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।  मुर्हरम आउने मंगलावार परेको छ।  

तहाजियाको बिक्रि बढ्यो

कोरोना कालपछि कपिलवस्तुमा मुर्हरमका दिन विर्सजन गरिने  तहाजिया ( कागजको मन्दिर)को बिक्रि कपिलवस्तुमा निक्कै बढेको छ।

रंगीबिरंगी र बाँसले मन्दिरको आकारमा बनाइने तहाजिया खरिद गर्न यतिखेर श्रद्धालुहरुको बजारमा निक्कै भीड देखिन्छ। अहिले बजारमा २ मिटर लामो देखि १० मिटर अग्लो सम्म तहाजिया बिक्रिमा राखिएको छ। आफूले मागेको भाकल पुगेमा श्रद्धालुहरुले आफ्नो क्षमता अनुसार तहाजिया खरिद गर्ने गरी मुहर्रमका दिन करबला (चिहान ) मा पूजाआजा गरी विर्सजन गरिने धर्मगुरुहरु बताउछन्। बजारमा यतिखेर २ सय देखि ५ हजार सम्मका तहाजिया बिक्रीमा राखिएको छ।  

तहाजिया बिक्रि गर्न बसेका कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलका व्यापारी अबुल हसनले कोरोना कालपछि यो बर्ष केही बिक्री बढेको बताए। यो बर्ष ५० हजार बढीको तहाजिया बिक्रि गरेको बताए। हिन्दु धर्मावलम्बीहरुले समेत मनाउने प्रचलन बढेपछि यसको बिक्रि झन् बढेको बताउछन्। यसका लागी विगत ३ महिनादेखि आफ्नो नौ जना परिवारले तयारी गरेको उनले बताए। मस्जिद टोलका अर्का ब्यापारी दोहु मुलमानले मुर्हरमको आगमनसंगै तहाजियाको कारोबार निकै बढेको बताए। आफ्नो पुरै परिवार मिलेर ६ महिनाअघि देखि बनाएको तहाजिया बेच्नै चटारो रहको उनले बताए। 

विगत बर्षहरु अहिले व्यापारीको संख्या बढेकोले आम्दानीमा केही कमी आएको भन्दै उनले यस बर्ष कम्तीमा ५० हजार आम्दानी हुने बताए। कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलमा मात्र आधा दर्जन परिवार तहाजिया बिक्री गर्न व्यस्त देखिन्छन्। जिल्लामा ताहाजिया बेच्नेको संख्या थुपै्र रहेको व्यपारीहरु बताउछन्। रंगीविरंगी कागजलाई हस्तकलाको माध्यमबाट मन्दिरको आकारमा सजाई बाँसको सहायताले तहजिया निर्माण गरी बिक्री गर्नेहरुलाई अहिले भ्याइ नभ्याइ छ। उनीहरुले यसका लागि ६ महिना अघिदेखि नै लचिलो बाँस, पवित्र मानिने डोरीहरु रंगीचंगी काजगको व्यवस्था गरि बनाउन थाल्छन्। 

मायादेवी गाउँपालिका १  का रउफ मुसलमानले तहाजियाबाट धर्म र पैसा दुवै कमाउने हुँदा आफूले हरेक वर्ष यसलाई बनाउने बताउछन्।  ‘कम लगानीमा धेरै नाफा हुन्छ त्यसैले यस सिजनमा मात्र ५० हजार जति कमाउँछु,’ उनले भने । मुहर्रम पर्व बाजागाजा तथा रंगीचंगी हुने हुँदा हिन्दु धर्मावलम्बीहरुले समेत यस पर्वलाई अंगाल्दै जादा तहाजियाको कारोबारमा समेत प्रत्येक वर्ष बिक्रि बढ्दै गइरहेको छ। 

प्रकाशित: २२ श्रावण २०७९ १२:३९ आइतबार

मुर्हरम सदभावको पर्व