कालिकोट जिल्ला महावै गाउँपालिको केन्द्र पादमघाटमा राष्ट्रिय प्रसारण लाइनको जोडेको छ।
कर्णाली राजर्मागमा पुगेको लाइन गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह(भिजन)को पहलमा पोल र लाइन विस्तार गरी पादमघाटमा बत्ती बाल्न सफल भएको हो।
स्थानीय उत्पादनको भ्याकुने गाड लघु जलविद्युत्को बत्ती संचालन भइरहेको भएपनि राष्ट्रिय प्रसारण लाइन विस्तारै महावै गाउँपालिकाका १ देखि ७ वटा वडासम्म विस्तार गर्ने अध्यक्ष सिंहले बताए।
उनका अनुसार राष्ट्रिय प्रसारणको लाइन पादमघाटमा पुग्दा अब विद्युतीय माध्यम मार्फत हुने कामहरू गाउँपालिका केन्द्रबाटै सेवा दिन सकिने बताए।
प्रकाशित: २२ श्रावण २०७९ १०:१८ आइतबार