समाज

अवरुद्ध सुर्खेत–जुम्ला सडक खुल्यो

जुम्ला सडक खण्ड खुलेको छ। कालिकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि हिजो बिहानदेखि बन्द सडक खण्ड बिहान १०:३० देखि खुलेको हो।

सडक छेउबाट सहायक बाटो बनाइ सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। सडक खुलेपछि नेपालगञ्ज र सुर्खेतबाट कालिकोट, जुम्ला र मुगुका लागि छुटेका गाडी गन्तव्यतर्फ लागेका छन्।

यस्तै, देशभरका १ सय २० सडकमध्ये दुई वटा बन्द छन्। बाढी पहिरोका कारण साँफेबगर–मार्तडी–कोल्टी र कोइलाबास लमही सडक बन्द भएको छ। अरु १४ वटा एकतर्फी छन् भने १ सय ४ वटा सडक दुईतर्फी नै खुलेका सडक विभागले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७९ ०५:०७ आइतबार

जुम्ला सडक खण्ड