समाज

चुनाव लक्षित शान्ति सुरक्षा तयारीमा बारा प्रहरी

मंसिर ४ गर्न भनिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनको लागि चुनाव लक्षित कार्यक्रम बनाएर बारा प्रहरी अगाडि बढेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होगेन्द्र बोगटीले बताएका छन्।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कलैया, बारामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपरीक्षक बोग्टीले चुनावको मिति घोषणा सगै नेपाल प्रहरी माथि थप जिम्मेवारी थपिएको र त्यही जिम्मेवारी पूरा गर्नको लागि अहिलेदेखि नै विशेष कार्यक्रम बनाएर अगाडि बढेको बताए।

भारतसँग खुल्ला सीमा रहेका कारणले सुरक्षामा सानो गल्तीले ठूलो दुर्घटना निमत्याउने डर समेत रहेको उनले बताए। बारामा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरु रहेका छन्।

त्यसको साथ साथै सीमा अपराध नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा गरि तीन कुरामा केन्द्रित भएर बारा प्रहरी अगाडी बढएको उनले बताए।

अहिले साईबर अपधारको घटनाहरु बढी मात्रामा घटने गरेको र त्यसको रोकथामको लागि प्रहरीसँग भएको स्रोत साधानहरुलाई अधिकतम उपयोग गरेर नियन्त्रण गर्न लागिएको उनले बताए।

प्रकाशित: २० श्रावण २०७९ १५:०२ शुक्रबार