समाज

सप्तकोसीको बाढी तत्काल नियन्त्रण गर्न असम्भव: मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले धार परिवर्तन गरेर बस्ती पसेको सप्तोकोसीको बाढी तत्काल नियन्त्रण गर्न सम्भावना नरहेको बताएका छन्। सप्तकोसीले धार परिवर्तन गरेर बस्तीमा पसेका कारण तत्काल नदी नियन्त्रण सम्भव  नभएको मन्त्री कार्कीले बताए।  

कार्कीका अनुसार सप्तकोसी एक्कासी बस्तीमा पसेको नभई करिब एक महिना पहिलेदेखि नै धार परिवर्तन गरी पश्चिमतर्फको भाग कटान गर्दै आएको थियो। यस बीचमा नदी बस्तीमा पस्न नदिन प्रदेश सरकार, स्थानीय सरकार लगायतका निकायले सकेको प्रयत्न गरेका थिए। तर, प्रकृतिसँग कसैको केहि लागेन अन्ततः कोसीको एउटा भंगाले  बाँधेको बाँध तोडेर बस्तीतर्फ पस्यो। सप्तकोसी धार परिवर्तन गरेर बस्तीमा पस्ने  पूर्व अनुमान गरिइसकेका कारण बस्तीमा पसेको अवस्थामा के गर्ने भन्ने पूर्व तयारी समेत गरिएको  मन्त्री कार्कीको दाबी छ।  ‘कोसीले क्रमशः धार परिवर्तत गरेर पश्चिम तर्फको भाग कटान गर्न थालेसँगै बस्तीमा पस्ने पूर्व अनुमान गरिसकिएको थियो’ उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकारले नदी बस्ती पस्न नदिन प्रयाप्त प्रयास गरे पनि प्रकृतिसँग सामना गर्न सकिएन।’  

मन्त्री कार्कीले कोसीको बहाब कम नभई बाढी पसेको ठाउँमा ड्याम बाध्न नसकिने स्पष्ट पारे। कोसीको बहाव नघटी बाँध बाँध्ने प्रयास गरे बाँध बाँध्न नसकिने पैसा मात्रै खर्च हुने स्पष्ट पारे। काकीले भने ‘कोसीको बहाव नघटी बाँध बाँध्न खोज्नु काम नपाएर पोख्दै उठाउँदै गर्नु भने जस्तै हो।’   मन्त्री कार्कीले सप्तकोसीको बहाव कम हुँदै गएकाले विस्थापितहरू घरतर्फ पनि फर्कन थालेको जानकारी दिए। जेष्ठ नागरिक र बालबालिकालाई सुरक्षित स्थानमै राखिएको र अन्य मानिसहरू घर गएर गाइवस्तु, बालिनालीको संरक्षण गर्न थालेको कार्कीले बताए। उनले प्रभावितहरूलाई  सुरक्षित स्थानमा राख्ने र खाद्यान्नलगायतका अत्याबश्यक वस्तुहरू उपलब्ध गराउन सरकारले कुनै कमी नगरेको  दाबी गरे। 

प्रकाशित: १९ श्रावण २०७९ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App