समाज

ग्रोबाइडेटाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण

ग्रोबाइडेटा (जीवीडी)को वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह ललितपुरस्थित मुख्य कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा ग्रोबाइडेटाका म्यानेजिङ पार्टनर तथा संस्थापक अध्यक्ष प्रशन्न ढुङ्गेलले संस्थाका विभिन्न विधाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार प्रदान गरी सम्मान गरको छ।

जीवीडी क्लाइन्ट कन्फोर्टर अवार्ड २०२१ सिनियर सफ्टवेयर इन्जिनियर कृशा अमात्य, जीवीडी टिम असौम अवार्ड २०२१ कष्टमर सक्सेस टिम, जीवीडी विहान्ड द सिन्स अवार्ड २०२१ एसोसिएट कर्पोरेट स्टाटजी म्यानेजर शुभेच्छा केसी, जीवीडी रुकी अफ द योर अवार्ड सिनियर सफ्टवेयर इन्जिनियर विवेक रत्न कंसाकार र जीवीडी अवार्ड फर एक्सिलेन्ट लिडरशिप २०२१ डिरेक्टर अफ कष्टमर सक्सेस स्वन्तिना स्वराज शाक्यलाई वितरण गरी सम्मान गरियो। कार्यक्रममा क्यारेमवोर्ड टुर्नामेन्टका विजयी पुरुष तथा महिला कर्मचारीहरुलाई पनि मेडलसहित पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाको वर्तमान अवस्थाबारे सुविन बहादुर श्रेष्ठ भिपी अफ अपरेसन्स, विमर्श पोखरेल डिरेक्टर अफ प्रोडक्ट डेभलपमेन्ट, स्वन्तिना स्वराज शाक्य डिरेक्टर अफ कन्जुमर सक्सेस, मलिना थोकर सिनियर मार्केटिंग एनालिष्टले आफ्नो टिम हाइलाइट्सबारे चर्चा गरेका थिए। साथै प्रज्ज्वल शाक्य प्रिन्सिपल सफटवेयर इन्जिनियर र शुशिल श्रेष्ठ प्रिन्सिपल सफटवेयर इन्जिनियरले अनुभब सेयर गरेका थिए।

प्रकाशित: १९ श्रावण २०७९ ०६:३४ बिहीबार

ग्रोबाइडेटा (जीवीडी) कर्मचारीहरुलाई पुरस्कार वितरण