समाज

महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससिहत पक्राउ

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससिहत रंगेहात पक्राउ परेकी छन्।

उनले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग तीस हजार रूपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो।

उनलाइ आन्तरिक राजस्व कार्यालय महाराजगंजबाट गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: १८ श्रावण २०७९ १४:०७ बुधबार