समाज

नयाँबानेश्वर क्षेत्रबाट हट्न थाल्यो फुटपाथ व्यापार, पार्किङको समस्या भने यथावत्

काठमाडौंको नयाँबानेश्वर क्षेत्रबाट फुटपाथ व्यापार हट्न थालेको छ। काठमाडौं महानगरपालिकाले फुटपाथ क्षेत्रमा व्यापार व्यवसाय, पार्किङ तथा अन्य प्रयोजनको लागि प्रयोग नगर्न सूचना निकालेसँगै फुटपाथ व्यापार हट्न थालेको हो। 

यद्यपि फुटपाथ व्यापारको समस्या हटे पनि पार्किङको समस्या भन्ने यथावत रहेको छ। फुटपाथ हट्न थालेसँगै सर्वसाधारण हिँड्नको लागि केही मात्रमा सहज भएता पनि पार्किङको व्यावस्था भने हुन नसक्दा पूर्णरुपमा सहज भने हुन सकेको छैन। अहिले पार्किङलाई रोडबाट एक लाइन मात्र राख्न दिइएको छ।

पार्किङको समस्या समाधानका लागि महानगरले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएको छ। 

प्रकाशित: १७ श्रावण २०७९ ०९:२२ मंगलबार