समाज

काभ्रेस्थली घटना: मृतक चार जनाकाे शव पाेस्मार्टमकाे लागि लगियाे

तस्बिर: नागरिक

काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ।

प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शिक्षण अस्पताल महाराजगञ्जमा शव पोस्टमार्टमका लागि लगेको हो।  

गोरखा भिमसेन गाउँपालिका ६ बोर्लाङ नारानपुर स्थाइ घर भइ हाल काभ्रेस्थली बस्दै आएका एकै परिवारका बाबु,आमा र  छोराछोरी मृत भेटिएका थिए।

मृतकहरू ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना आत्महत्या भएको हुन सक्ने अनुमान गरिएको छ। 

प्रकाशित: १६ श्रावण २०७९ १२:२० सोमबार