समाज

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन्। सोमबार बिहान एकै परिवारका चार जना मृत भेटिएकाे काठमाडौंका प्रहरी प्रमुख भरत बोहोराले जानकारी दिए।

गोरखा भिमसेन गाउँपालिका ६ बोर्लाङ नारानपुर स्थाइ घर भइ काभ्रेस्थली बस्दै आएका   एकैपरिवारका बाबु, आमा र  छोराछोरी  मृत भेटिएकाे उनले बताए। 

मृतकहरू ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेकाे प्रहरीले जनाएकाे छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश राज मैनालीको टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ श्रावण २०७९ ०७:५६ सोमबार