खोटाङमा आज बिहान गएको भूकम्पले घर भत्काएको छ। जिल्ला प्रशासन कार्यलय खोटाङका साहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार खोटाङको साकेला गाउँपालिकामा एउटा घर भत्किएको हो।
शाह भन्छन्,'साकेला गाउँपालिकामा एउटा कच्ची घर भत्किएको भन्ने जानकारी आएको छ। बाँकी क्षतिको विवरण हामी संकलन गर्दै छौं। बर्खाको समय हुनाले विवरण संकलन गर्न गाह्रो भएको छ।'
खोटाङको मात्तिम बिर्तालाई केन्द्रविन्दु बनाएर आज बिहान ६ रेक्टर स्केलको भूकम्प गएको थियो। धक्का महसुस भएसँगै विराटनगर‚ धरान‚ उदयपुर‚ खोटाङ‚ भोजपुरलगायत आसपासका जिल्लामा भागदौड चलेको थियो।
प्रकाशित: १५ श्रावण २०७९ ०३:५९ आइतबार