काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।
खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको केन्द्रले जनाएको छ।
काठमाडौंसहित नेपालको विभिन्न ठाउँमा पनि धक्का महसुस भएको थियो।
प्रकाशित: १५ श्रावण २०७९ ०२:५४ आइतबार