समाज

पोतमारा विद्युत पुनः सञ्चालन गर्न बजेट माग

सान्नी त्रिवेणी गाउँपालिकाले पोतमारा लघु जलविद्युत आयोजना पुनः सञ्चालन गर्न बजेट माग गरेको छ। सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी (महेश)ले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर विद्युत सञ्चालनका लागि बजेट माग गरेका हुन्।

जिल्लाको एकमात्र ५ सय किलोवाटको स्थानीय पोतमारा लघु जलविद्युत आयोजना पटक-पटक वर्षा याममा बाढी र पहिरोले बगाएर अलपत्र अवस्थामा परेको समयमा गाउँपालिका अध्यक्ष केसीले पुनः सञ्चालनमा ल्याउन मन्त्रालयसँग बजेट माग गरेका छन्।

सान्नी त्रिवेणी गाउँपालिका–७ को पोदमारामा गएको २०७७ सालको अविरल वर्षाले पूर्ण रुपमा क्षेतिग्रस्त भइ बन्द रहेकाले सो आयोजना सञ्चालन गर्न लागत धेरै लाग्ने हुदा गाउँपालिकाले मन्त्रालयसँग बजेट माग गरेको हो।

कालिकोट जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनी वैकल्पिक व्यवस्थापनका लागी पोतमारा लघु जलबिद्युत आवश्यक रहेको हुदा पालिकाले पहल गरी बजेट माग गरेको  गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी (महेश) ले जानकारी दिए।

उनले भने ‘शुक्रबार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका उप–निदेशक सन्तोष सिलेवाससँग छलफल गरियो। अबको एक हप्तामा केन्द्रबाट इञ्जिनरको टोली पठाउने निर्णय भएको छ। उनीहरुले पोतमारा लघु जलविद्युत आयोजनाको लागत स्टामेट निकालेर बजेट विनियोजन गर्ने निर्णय भएको छ।’

प्रकाशित: १४ श्रावण २०७९ १४:४५ शनिबार

सान्नी त्रिवेणी गाउँपालिकाले पोतमारा लघु जलविद्युत आयोजना