समाज

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नजिकबाट बुधबार दिउँसो दुई नाल कटुवा पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।

पछिल्लो समय चोरी डकैतीका घटना बढ्न थालेका छन्। प्रहरीले दुवै भारतीय नागरिकलाई दुई वटा पेस्तोलसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जना अन्य चोरीका घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १२ श्रावण २०७९ ०९:११ बिहीबार

भारतीय नागरिक पक्राउ