समाज

एटीएम मेसिन फोड्दै गर्दा दुई जना पक्राउ

एटीएम मेसिन फोड्दै गर्दा दुई जना पक्राउ परेका छन्। ती दुई जनालाई वीरगञ्जको माछापुछ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जितपुर सिमारा उपमहानगरपालिका-५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकुमार चौधरी रहेका छन्।

प्रकाशित: १० श्रावण २०७९ ०७:२८ मंगलबार

एटीएम मेसिन फोड्दै वीरगञ्जको माछापुछ्रे बैंक