समाज

पाथीभरा म्याराथन तथा महोत्सव हुने

साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा महोत्सव यो वर्ष असोज ११ बाट हुने भएको छ।

असोज ११ गतेबाट १३ गतेसम्म तीनदिन म्याराथन तथा महोत्सव सञ्चालन हुने मिति तय भएको जानकारी पाएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका उपाध्यक्ष नारायण थापाले बताए। कार्यक्रम सञ्चालनको खाँका, प्रकृया र अन्य आवश्यकीय परार्मशका लागि मंगलबार अपरान्हमा सर्वपक्षीय सर्वदलिय बैठक बोलाइएको समेत थापाले जानकारी दिए।

‘मिति चाँहि तोकिएको छ, अरु सबै विषय मंगलबारको बैठकले निर्णय गरे अनुसार हुन्छ’ थापाले भने। साविकमा पाथीभरा म्याराथन तथा महोत्सवका बेला खुल्लातर्फ पाथीभरा म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुने गरेको थियो।

खुल्ला म्याराथन तोक्मेबाट सुरु भइ ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ। महिला हाफ म्याराथन भने तोक्मेडाँडाबाट सुरु भइ काफ्लेपाटी पुगेर पुन पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको थियो।

प्रकाशित: ९ श्रावण २०७९ ०८:१५ सोमबार

पाथीभरा म्याराथन तथा महोत्सव