समाज

काइनेटिकसहित एक पक्राउ

प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काइनेटिक ढुङ्गा)सहित एक जनालाई पक्राउ गरेको छ।

आइतबार दिउँसो साढे १२ बजेतिर काइनेटिक ढुङ्गासहित प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेतलाई पक्राउ गरेको हो। अवैध काइनेटिक ढुंगाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो।

प्रहरीले बस्नेतले घरको कोठाभित्र प्लाष्टिकमा लुकाइ राखेको १६ क्वीन्टल ९१ किलो काइनेटिक ढुङ्गा बरामद गरेको छ। बस्नेतलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि खानी तथा भुर्गभ कार्यालय सुर्खेतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए।

प्रकाशित: ९ श्रावण २०७९ ०७:४८ सोमबार

वीरेन्द्रनगर नगरपालिका