समाज

चितवनमा खुकुरी प्रहारबाट श्रीमतीको हत्या, भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

फाइल तस्बिर

चितवनमा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। भरतपुर महानगरपालिका १० रमाइलो चोकमा बस्ने ४३ वर्षका कृष्णप्रसाद आचार्यले श्रीमती रुष्मा आचार्य घिमिरेलाई आइतबार (हिजो) राति १०:२५को समयमा हत्या गरेका हुन्।  

घरायसी विवादका कारण आचार्यले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भई उपचारको लागी पुरानो मेडिकल कलेज लगिएकोमा २२:४० बजे नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।  

खुकुरी प्रहार गरेर भाग्ने क्रममा श्रीमानको समेत मृत्यु भएको छ। श्रीमतीको हत्या गरेर घरको ३ तला माथीबाट हाम फाली भाग्न खोज्दा गम्भिर घाइते आचार्यको नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

प्रकाशित: ९ श्रावण २०७९ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App