सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर भूकम्प गएको हो।
बिहान ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।
प्रकाशित: ९ श्रावण २०७९ ०१:२५ सोमबार